म २३ वर्षीया विवाहित महिला हुँ । मेरो पाठेघरमा समस्या भएकाले डाक्टरले यौनसम्पर्क नगर्नु भन्नुभएको छ, तर मेरो श्रीमान् मलाई मुखमैथुन र गुदा मैथुनका लागि आग्रह गर्नुहुन्छ । त्यसमा असमर्थता व्यक्त गर्दा उहाँ रिसाउनुहुन्छ । अब मैले के गर्दा उपयुक्त होला ?

पाठेघरको समस्या
तपार्इंले चिकित्सकले यौनसम्पर्क नगर्नु भन्नुभएको कुरा गर्नुभएको छ, तर आफ्नो पाठेघरमा भएको समस्या बताउनुभएको छैन । आफ्नो पाठेघरको समस्याका बारेमा विस्तृत जानकारी दिनुभएको भए तपाईलाई चिकित्सकले किन त्यसो भन्नुभएको हो भन्ने सन्दर्भमा विस्तृत रूपमा केही भन्न सकिन्थ्यो । प्राय:जसो यौनसम्पर्क पीडायुक्त हुने वा संक्रमण सर्ने वा यौनसम्पर्क गर्दा रक्तश्राव भएको स्थिति र केही अवस्थामा चिकित्सकले केही समयका लागि यौनसम्पर्कबाट परहेज गर्न भनेका हुन सक्छन् । यस्तो स्थिति विरलै मात्र हुन्छ जसमा जीवनभर यौनसम्पर्क राख्न परहेज गर्ने सल्लाह दिइयोस् ।



चिकित्सकको दायित्व जीवनभर यौनसम्पर्क नराख्ने सल्लाह दिनुभन्दा पनि रोगको सही निदान र त्यसको उपचार गर्नुतिर हुन्छ । अर्को पक्ष के पनि छ भने कतिपय स्थितिमा महिला आफैंले यौनसम्पर्क राख्न चाहँदैनन् । यसका पनि अनेक कारण हुन सक्छन् । यौनसम्पर्क पीडायुक्त हुनु यसको प्रमुख कारण हो । किन यौनसम्पर्क पीडादायक हुन्छ भन्ने विषयमा केही चर्चा गरौं ।



पीडादायक यौनसम्पर्क
सामान्यत: यौनसम्पर्क सुखमय हुनुपर्ने हो, तर सबैमा त्यस्तो हुँदैन । कतिपय कारणले यौनसम्पर्क पीडादायक हुन पुग्छ । पीडादायक तथा अप्ठ्यारो यौनसम्पर्कलाई चिकित्सीय भाषामा म्थकउबचभगलष्ब भनिन्छ । यौनसम्पर्क पीडायुक्त हुनुका शारीरिक एवं मानसिक कारण हुन सक्छन् । यौनसम्पर्क पीडायुक्त हुने एउटा प्रमुख कारण योनि सुख्खा हुनु हो । एलर्जीको औषधीले मुखमात्र सुख्खा गराउने होइन, योनि पनि सुख्खा गराउन सक्छ । त्यसै गरी मधुमेह, योनिको संक्रमण वा शोथ वा महिला हार्मोनको कमी यसका कारण हुन सक्छन् । अन्य शारीरिक कारणहरूमा योनिद्वार वा भगक्षेत्रको छालाको समस्या हुन सक्छ ।


त्यसैगरी भगांकुरको संक्रमण वा शोथमा पनि यौनसम्पर्क पीडादायक हुन सक्छ । योनिद्वार वा द्यबचतजयष्लिुक न्बिलम को संक्रमण पनि पीडाको कारण हुन सक्छ । मूत्रनली वा मलद्वारमा कुनै समस्या छ भने पनि महिलाका लागि यौनसम्पर्क पीडादायक बन्न सक्छ । योनिको संक्रमण वा कुनै रसायनका कारणले शोथ भएको छ भने पनि पीडा हुने नै भयो । त्यसैगरी पाठेघरको मुख वा पाठेघरको संक्रमण वा पाठेघरमा मासु बढ्नु जस्ता अन्य खराबी पनि यौनसम्पर्कलाई पीडादायक बनाउने कारण बन्न सक्छन् ।

तपाईंले पाठेघरको समस्या भन्नुभएको छ, त्यो के हो ? पहिले त्यसको निदान गर्नु आवश्यक छ । अर्को महत्वपूर्ण कारण योनिको मांसपेशी कडा हुनु हो । यस किसिमको अवस्थालाई ख्बनष्लष्कmगक भनिन्छ । धेरैजसो अवस्थामा भय वा डर नै यसको कारण हुन्छ । कतै तपार्इंलाई यौनसम्पर्क राख्न नै डरलाग्ने स्थिति त छैन भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ ।


समाधानका कुरा
विवाहित जीवनको एउटा महत्त्वपूर्ण पक्ष यौनसुख प्राप्ति हो । दम्पतीबीच यो सुख प्राप्तिको अपेक्षा गरिन्छ । जीवनसाथीलाई यौनसुख प्राप्त गर्ने कार्यमा सहयोग गर्नु दायित्व पनि हो । यौनसुख प्राप्त गर्न नपाएको स्थितिमा वैवाहिक जीवनको जग नै कमजोर बन्न पुग्छ । यहाँ एउटा राम्रो कुरा के छ भने तपाईंको श्रीमान्ले तपाईंसँग आग्रह गर्नुभएको छ, न कि जबरजस्ती ।

तपाईंबाट यौनसुख नपाएर उहाँ हतास हुनुभन्दा पहिले नै तपाईले आफ्नो शारीरिक स्थिती, आफ्नो जीवन शैली अनि श्रीमान्को यौनेच्छा प्राप्तिजस्ता सबै कुरामा ध्यान पुर्‍याएर विवेकपूर्ण कदम चाल्नुपर्छ । तपाईंको शारीरिक स्थिति ठीक छैन भने चिकित्सकसँग दुवै जना सँगै गएर सरसल्लाह गर्न सक्नुहुन्छ । केही गरी यौनसम्पर्क राख्न नसकेका कारणले सम्बन्धमै चिसोपन आएर वैवाहिक जीवन टुटयो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ ।


संसारमा मुख वा गुदा मैथुन गरेर यौनआनन्द लिनेहरू प्रशस्त छन् । तपाईंहरू दुवै जनाले सहज रूपमा लिन सक्नुभएको स्थितिमा मुख वा गुदा मैथुन गर्दा केही बेफाइदा छैन, तर एक जनालाई मन नपरेको स्थितिमा भने कुरा अर्कै हुन सक्छ । तपार्इंलाई मुख मैथुन वा गुदा मैथुन गर्न मन लाग्दैन भने त्यो कुरा पनि श्रीमान्लाई भन्नुपर्छ र उहाँलाई यौनसुख प्राप्त गर्न के गर्दा मद्दत पुग्छ बुझ्नु आवश्यक हुन्छ ।



तपाईले हस्तमैथुन गर्ने कार्यमा सहयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक वैकल्पिक यौनसुख प्राप्त गर्ने उपायमा तपाईंको स्तन, जाँघ वा काखी आदिमा लिङ्ग घर्षण गराई यौन सुख प्राप्त गर्न सहयोग गर्नु सकिन्छ ।


अपेक्षित रूपमा यौन सुख प्राप्त गर्न नपाएको स्थितिमा कुनै व्यक्तिलाई रिस उठ्नु स्वभाविक हो । तपाईं तथा तपाईंको श्रीमान्ले बुझ्नुपर्ने कुरा के भने रिसाएर तपाईंहरूको समस्या समाधान हुँदैन । तपाईंहरूबीचमा यो समस्याका बारेमा खुलस्त कुराकानी हुनुपर्छ । यो समस्या दुवैको हो, त्यसैले दुवै जना समाधानका लागि प्रयासरत हुनुपर्छ ।



कसरी एक–अर्कालाई सहयोग गर्न सकिन्छ, त्यसका बारेमा छलफल गर्न सकिन्छ । यौनसुख प्राप्तिका लागि योनि–लिङ्ग यौनसम्पर्क एक मात्र उपाय होइन । यौनसुख प्राप्त गर्न विभिन्न यौन क्रियाकलाप गर्न सकिन्छ । अन्तमा तपाईंको पाठेघरको मूल समस्या के हो पत्ता लगाई त्यसको उपचार गर्न पनि नबिर्सनुहोला ।